‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा
सारांश
- प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरे।
- पुलिसले स्टेप रामपुरलाई र न्यु डायमण्डले गण्डकीलाई सोझो सेटमा पराजित गरे।
- प्रतियोगिता जेठ ३१ गतेसम्म चल्नेछ, विजेताले रु ६ लाख र उपविजेताले रु ३ लाख पुरस्कार पाउनेछन्।
कास्की । विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको कभर्डहलमा आज सम्पन्न खेलमा दुवै टोलीले जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् ।
समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । पुलिसले स्टेप रामपुरलाई २५–७, २५–९ र २५–९ को सहज जित दर्ता गरी समूह ‘ए’ को विजेता बनेको हो ।
पुलिसले मङ्गलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो । यसैगरी आजको दोस्रो खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा नयाँ खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकीलाई पराजित गरेको छ । राष्ट्रिय खेलाडीले भरिएको डायमण्डले गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सोझो सेटमा पन्छाएको हो ।
यसैगरी बिहीबार लिग चरणका दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफविरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकीविरुद्ध एभरेष्ट भलिबल क्लबबीच खेल हुने भएको नेशनल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
यही जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण