शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, २९ जेठ २०८२, ०५ : ३६
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३६.५२ र बिक्री दर १३७.१२ रुपैयाँ तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर, जसमा भारतीय रुपैयाँको विनिमय दर पनि समावेश छ।

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.52 137.12
EUR  (European Euro) 1 156.02 156.70
GBP  (UK Pound Sterling) 1 184.10 184.91
CHF  (Swiss Franc) 1 165.92 166.65
AUD  (Australian Dollar) 1 88.81 89.20
CAD  (Canadian Dollar) 1 99.75 100.19
SGD  (Singapore Dollar) 1 106.11 106.57
JPY  (Japanese Yen) 10 9.40 9.44
CNY  (Chinese Yuan) 1 18.99 19.08
SAR  (Saudi Arabian Riyal) 1 36.40 36.56
QAR  (Qatari Riyal) 1 37.46 37.63
THB  (Thai Baht) 1 4.18 4.20
AED  (UAE Dirham) 1 37.17 37.34
MYR  (Malaysian Ringgit) 1 32.22 32.36
KRW  (South Korean Won) 100 9.94 9.98
SEK  (Swedish Kroner) 1 14.20 14.26
DKK  (Danish Kroner) 1 20.92 21.01
HKD  (Hong Kong Dollar) 1 17.39 17.47
KWD  (Kuwaity Dinar) 1 445.74 447.69
BHD  (Bahrain Dinar) 1 362.01 363.60
OMR  (Omani Rial) 1 354.58 356.14

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप