सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइँदै (तस्बिरहरू)
_CfraJDOFy2.jpg)
समाचार सारांश
- अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा सडक खण्डमा सडक सीमाभित्र बनेका स्थायी र अस्थायी संरचना भत्काउन सुरु गरिएको छ।
- सडक विस्तारका क्रममा ७५ फिटभित्र बनेका घर टहरा हटाउने आयोजनाको योजना रहेको छ।
- मुआब्जा विवादका कारण राजमार्गको सीमाभित्रका संरचना हटाउन २.५ वर्षसम्म समस्या भएको थियो।
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडक खण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै कतिपय घरधनी आफैले सो संरचना हटाउन थालेका छन् ।
विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घर टहरा हटाइएको आयोजनाले बताएको छ ।
आयोजनाले पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाइएको हो ।
विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घर टहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
-
सडक निर्माण कार्यले अस्तव्यस्त इन्द्रचोक क्षेत्र (तस्बिरहरू)
-
लस एन्जलसको विरोध प्रदर्शनमा राष्ट्रिय गार्डको तैनाथ गैरकानूनी
-
हिमालयन बैंकबाट ‘हबिब’ बहिर्गमन प्रक्रिया फेरि सुरु, नियामकको नेतृत्व परिवर्तनसँगै खुल्यो बाटो
-
पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन
-
प्रेसमाथि अदालतको नियन्त्रण : पहिले समाचार मेट्न आदेश, अनि मात्रै परीक्षण