सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइँदै (तस्बिरहरू)
सारांश
- अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा सडक खण्डमा सडक सीमाभित्र बनेका स्थायी र अस्थायी संरचना भत्काउन सुरु गरिएको छ।
- सडक विस्तारका क्रममा ७५ फिटभित्र बनेका घर टहरा हटाउने आयोजनाको योजना रहेको छ।
- मुआब्जा विवादका कारण राजमार्गको सीमाभित्रका संरचना हटाउन २.५ वर्षसम्म समस्या भएको थियो।
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडक खण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै कतिपय घरधनी आफैले सो संरचना हटाउन थालेका छन् ।
विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घर टहरा हटाइएको आयोजनाले बताएको छ ।
आयोजनाले पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाइएको हो ।
_iyr19rgn2M.jpg)
विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घर टहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
_SL1zu7tLgH.jpg)
राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_JxJest2Zpv.jpg)
_tz7niiQKXg.jpg)
_6Rmz2VkwSH.jpg)
_Tt4ZLA9KfW.jpg)
_WnZACg8xCj.jpg)
_MgZXsUkNTA.jpg)
_TbwgdXkqFu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण