सत्तापक्षको जवाफ कुर्दै माओवादी, प्रचण्ड फर्केपछि विपक्षी दलहरूको बैठक बस्ने
सारांश
- नेकपा माओवादी केन्द्रले संसद अवरोध हटाउन सत्ता पक्षको जवाफ कुरिरहेको छ।
- माओवादीले उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव गरे पनि सत्ता पक्षबाट जवाफ आएको छैन।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन्।
काठमाडौँ । संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षको जवाफ कुरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले राजीनामा दिनुपर्ने अडानबाट लचिलो बनेको माओवादीले मंगलबार उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ नआएकाले आजको बैठकसमेत अवरोध हुनसक्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
‘हाम्रो बुँदागत रूपमा त्यस्तो प्रस्ताव केही राखेको छैन । मुख्य कुरा भिजिट भिसा प्रकरणमा अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायमै छौँ । तर सत्तापक्षले अहिलेसम्म जवाफ फर्काएको छैन । अध्यक्ष प्रचण्ड मुस्ताङबाट फर्किएपछि कसरी अगाडि बढ्ने भन्नेबारे आजै विपक्षी दलहरूसँग छलफल हुन्छ’, रातोपाटीसँग पाण्डेले भने ।
प्रमुख प्रतिपक्ष दल माओवादीसहित विपक्षी दलहरूले २०६४ सालदेखि भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरी समिति गठन गर्नुपर्ने माग राख्दै जेठ १३ गतेदेखि लगातार संसद् अवरोध गर्दैआएका छन् ।
संसदमा चौथो ठुलो दल रास्वपाले छुट्टै पाँच बुँदे प्रस्ताव सरकार समक्ष पेस गरेको छ । यद्यपि रास्वपाले प्रस्ताव गरेको बुँदामा कुनै छलफल नहुने एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण