'अञ्जिला' अब सय रुपैयाँमा हेर्न पाइने

समाचार सारांश
- गत फागुन २९ गते रिलिज भएको फिल्म 'अञ्जिला' प्रदर्शनको १०० दिन नजिक पुगेको छ।
- फिल्मले १२ करोड माथिको व्यापार गरेको छ र निर्माताले दर्शकलाई सहुलियत दिने योजना बनाएका छन्।
- मिलन चाम्स निर्देशित फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ।
काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको फिल्म 'अञ्जिला' प्रदर्शनको एकसय दिन नजिक पुगेको छ । बिहिबारबाट प्रदर्शनको ९२औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ ।
फिल्मले एकसय दिन मनाउँदै गर्दा निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकलाई सहुलियतमा देखाउने तयारी गरेका छन् । उनले अब दर्शकलाई एकसय रुपैयाँमै फिल्म हेर्ने सहुलियत दिन लागेको बताए । ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ’ उनले थपे ।
मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रष्ठले बताए ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । फिल्ममा एन्जिलाको अलवा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति
-
ग्लोबल आइएमई बैङ्कको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
-
कुशहवाको सांसद पद निलम्बनबारे प्रदेशसभालाई जानकारी
-
राजविराज नगरपालिकामा भएको भ्रष्टाचार छानबिन गर्न माग
-
१० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड
-
गायिका रचना रिमालको स्वास्थ्यमा सुधार