'अञ्जिला' अब सय रुपैयाँमा हेर्न पाइने
सारांश
- गत फागुन २९ गते रिलिज भएको फिल्म 'अञ्जिला' प्रदर्शनको १०० दिन नजिक पुगेको छ।
- फिल्मले १२ करोड माथिको व्यापार गरेको छ र निर्माताले दर्शकलाई सहुलियत दिने योजना बनाएका छन्।
- मिलन चाम्स निर्देशित फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ।
काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको फिल्म 'अञ्जिला' प्रदर्शनको एकसय दिन नजिक पुगेको छ । बिहिबारबाट प्रदर्शनको ९२औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ ।
फिल्मले एकसय दिन मनाउँदै गर्दा निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकलाई सहुलियतमा देखाउने तयारी गरेका छन् । उनले अब दर्शकलाई एकसय रुपैयाँमै फिल्म हेर्ने सहुलियत दिन लागेको बताए । ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ’ उनले थपे ।
मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रष्ठले बताए ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । फिल्ममा एन्जिलाको अलवा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण