प्रेमध्वज स्मृति प्रतिष्ठानद्वारा ४ सङ्गीतकर्मीलाई सम्मान
सारांश
- गायिका मिरा राणालाई १ लाख १ रुपैयाँसहित 'प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२' प्रदान गरियो, उनको अनुपस्थितिमा भाइले सम्मान ग्रहण गरे।
- 'प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान' बाट मोहनकृष्ण कार्की ढली र 'युवा सङ्गीत पुरस्कार' बाट सुरजकुमार थापा सम्मानित भए, पुरस्कार राशी ५० हजार थियो।
- कार्यक्रममा प्रेमध्वज प्रधानको साङ्गीतिक र व्यक्तिगत जीवनबारे चर्चा गरियो, सिन्धुपाल्चोकका विद्यार्थीलाई विद्यावारिधि गर्न र स्थानीय सरकारलाई नामकरणको सुझाव दिइयो।
काठमाडौँ । गायिका मिरा राणा नगद १ लाख १ रुपैयाँसहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ सम्मानित भएकी छन् । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले एक कार्यक्रम गर्दै राणासहित ४ सङ्गीतकर्मीलाई नगदसहित सम्मान गरेको हो ।
गायिका राणा अनुपस्थित भएका कारण उनका भाइ विजेन्द्र मिश्रले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान २०८२ ’ बाट वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरियो ।
त्यस्तै, ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरियो भने ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत सम्मान २०८२’ सिन्धुपाल्चोकका गायक चन्द्र सिंघलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरियो ।
सम्मान र पुरस्कार प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधान, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटालगायतले प्रदान गरे । कार्यक्रममा गीतकार दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा साङ्गीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रूपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए ।
उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधि गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ति र पुरस्कार स्थापना गर्नसमेत स्थानीय सरकारलाई सुझाए ।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरू प्रस्तुत गरेका थिए भने स्थानीय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो । प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृति प्रतिष्ठानको स्थापना गरेको हो । जसले प्रेमध्वजको जन्म जयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम सङ्गीतमा साधनारत सङ्गीतकर्मीलाई सम्मान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण