शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजदूत शर्मा र हेर्नान्डेजबिच भेटवार्ता

बिहीबार, २९ जेठ २०८२, १३ : ५७
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • नयाँदिल्लीमा भएको भेटवार्तामा नेपालका राजदूत र डोमिनिकन गणराज्यका राजदूतबीच दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भयो।
  • भेटमा पर्यटन लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो, जसले आपसी हितका कार्यक्रमहरूलाई जोड दिनेछ।
  • दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई अझै बलियो बनाउँदै भविष्यमा हितकर कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति जनाइयो।

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा र डोमिनिकन गणराज्यका भारत तथा नेपालका लागि राजदूत फ्रान्सिस्को एम.कोंप्रेस हेर्नान्डेजबिच भेटवार्ता भएको छ । बुधवार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको दूतावासले जनाएको छ । 

भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने सम्भावित क्षेत्रहरूबारे विचार विमर्श भएको राजदूत शर्माले बताए । विशेषगरी पर्यटन लगायत अन्य संभावित क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुवै पक्षबिच सकारात्मक छलफल भएको उनले बताए । 

नेपाल र डोमिनिकन गणराज्य बिचको कूटनीतिक सम्बन्ध सुदृढ गर्दै भविष्यमा आपसी हितका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत सहमति गर्ने विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप