राजदूत शर्मा र हेर्नान्डेजबिच भेटवार्ता
बिहीबार, २९ जेठ २०८२, १३ : ५७
सारांश
- नयाँदिल्लीमा भएको भेटवार्तामा नेपालका राजदूत र डोमिनिकन गणराज्यका राजदूतबीच दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भयो।
- भेटमा पर्यटन लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो, जसले आपसी हितका कार्यक्रमहरूलाई जोड दिनेछ।
- दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई अझै बलियो बनाउँदै भविष्यमा हितकर कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति जनाइयो।
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा र डोमिनिकन गणराज्यका भारत तथा नेपालका लागि राजदूत फ्रान्सिस्को एम.कोंप्रेस हेर्नान्डेजबिच भेटवार्ता भएको छ । बुधवार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको दूतावासले जनाएको छ ।
भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने सम्भावित क्षेत्रहरूबारे विचार विमर्श भएको राजदूत शर्माले बताए । विशेषगरी पर्यटन लगायत अन्य संभावित क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुवै पक्षबिच सकारात्मक छलफल भएको उनले बताए ।
नेपाल र डोमिनिकन गणराज्य बिचको कूटनीतिक सम्बन्ध सुदृढ गर्दै भविष्यमा आपसी हितका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत सहमति गर्ने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण