प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन

काठमाडौँ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको हनुमानस्थानबाट उनलाई पक्राउ गरेको हो ।
उनले संसद् विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गरी कमिसन आफ्नो खातामा जम्मा गर्न लगाउने गरेका अख्तियारका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
महोत्तरी क्षेत्र नम्बर–४ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् उनी । सिंहले आफ्नो भागमा परेका प्रदेशसभाका योजनाहरू बिक्री गरेको गोप्य सूचना पाएपछि अख्तियारको टोलीले उनको घरमा छापा मारेको थियो ।
गएको जेठ १२ गते अख्तियारको टोलीले उनको घरमा छापा मार्दा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए भने उनी फरार भएका थिए ।
मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका उनका उनको घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न कागजात बरामद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा र राप्रपाको ढ्यापढ्याप, पाण्डेले राखे धारणा
-
२०८१ पुसदेखि चैतसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी
-
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
-
सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः शेखर कोइराला
-
१३ लाख बढी रकम सहित एक जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध