प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
काठमाडौँ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको हनुमानस्थानबाट उनलाई पक्राउ गरेको हो ।
उनले संसद् विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गरी कमिसन आफ्नो खातामा जम्मा गर्न लगाउने गरेका अख्तियारका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
महोत्तरी क्षेत्र नम्बर–४ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् उनी । सिंहले आफ्नो भागमा परेका प्रदेशसभाका योजनाहरू बिक्री गरेको गोप्य सूचना पाएपछि अख्तियारको टोलीले उनको घरमा छापा मारेको थियो ।
गएको जेठ १२ गते अख्तियारको टोलीले उनको घरमा छापा मार्दा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए भने उनी फरार भएका थिए ।
मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका उनका उनको घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न कागजात बरामद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण