प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
संसद् खुलाउने प्रयास भने जारी छ । आज मात्रै विपक्षी दलहरूले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन गरेको प्रस्तावपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको दलहरूको छलफलमा कांग्रेस–एमालेसमक्ष विपक्षी दलले छानबिन समितिको प्रतिबद्धता जनाउन प्रस्ताव गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण