प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
संसद् खुलाउने प्रयास भने जारी छ । आज मात्रै विपक्षी दलहरूले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन गरेको प्रस्तावपछि सत्तापक्ष आन्तरिक छलफलमा जुटेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको दलहरूको छलफलमा कांग्रेस–एमालेसमक्ष विपक्षी दलले छानबिन समितिको प्रतिबद्धता जनाउन प्रस्ताव गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
-
वैकल्पिक राजनीतिको अर्जुनदृष्टि : राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि
-
श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
-
माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो
-
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न धितोपत्र बोर्डलाई पत्र
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र नाराबाजी