मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान
काठमाडाैँ । मेहदी हसन मिराजलाई आगामी १२ महिनाका लागि बंगलादेशको एकदिवसीय क्रिकेट टोलीको कप्तान नियुक्त गरिएको छ।
उनी आउने महिनादेखि श्रीलङ्काविरुद्धको तीन खेलको एकदिवसीय शृंखलाबाट कप्तानी सम्हाल्नेछन्।मेहदीको यो नियुक्तिसँगै बंगलादेश तीनवटै प्रारूपमा फरक–फरक कप्तान भएका टोलीमध्ये एक बनेको छ। टेस्ट टोलीको कप्तानी नजमुल हुसैन शान्तोले गरिरहेका छन् भने टी–२० टोलीको कप्तानी लिटन दाससँग छ।
गत वर्ष शान्तो घाइते हुँदा मेहदीले अफगानिस्तान र वेस्ट इन्डिजविरुद्ध चारवटा एकदिवसीय खेलमा कप्तानी गरेका थिए। ती सबै खेलमा बंगलादेशले हार बेहोरेको थियो। उनले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा पनि एक टेस्टको कप्तानी गरेका थिए, जहाँ पहिलो टेस्ट गुमाएपछि दोस्रो टेस्ट ड्र गर्न सफल भएका थिए।
मेहदीले अहिलेसम्म १०५ वटा एकदिवसीय खेल खेलेका छन् । एकदिवसीयमा १००० रन बनाउनुका साथै १०० विकेट लिने बंगलादेशका उनी चौथो खेलाडी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण