३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स
काठमाडौँ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गर्ने आफ्नो देशका आठौँ खेलाडी बनेका छन् ।
उनले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलको दोस्रो दिन लड्र्समा दक्षिण अफ्रिकाविरुद्ध २८ रन दिएर ६ विकेट लिए। यो लड्र्समा टेस्ट कप्तानले दिएको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
यो उपलब्धिसँगै टेस्ट इतिहासमै पहिलोपटक ३ सय वा सोभन्दा बढी विकेट लिएका तीन बलर एउटै खेलमा एउटै टोलीबाट एकैपटक खेलेका छन् ।
कमिन्स अहिलेको टोलीमा मिचेल स्टार्क र नाथन लायनसँग ३०० भन्दा बढी विकेट क्लबमा सामेल भएका छन् । जोश हेजलवुड पनि नजिकै छन्, उनीसँग अहिले २८० विकेट छन् ।
कमिन्सले प्रतिक्रिया दिँदै भने, ‘यहाँ मेरो परिवार पनि उपस्थित छ जुन रमाइलो कुरा हो। उनीहरू (दक्षिण अफ्रिकाका ब्याटरहरू) राम्रोसँग खेलिरहेका थिए, त्यसैले पहिलो इनिङ्समा राम्रो अग्रता लिन सकेका छौँ भन्नेमा खुसी छु ।”
कमिन्स टेस्टमा ३०० विकेट पूरा गरेका बलरहरूमध्ये चौथो सबैभन्दा राम्रो स्ट्राइक रेट (ब्याटरहरूलाई आउट गर्ने औसत बल संख्या) भएका बलर पनि बनेका छन् । उनीभन्दा अगाडि केवल कागिसो रबाडा, डेल स्टेन र वकार युनुस छन् । हालसम्मको डब्लूटीसी चक्रमा उनले २३.०३ को औसतमा ७९ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण