अपडेट
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
बिहीबार, २९ जेठ २०८२, २३ : १२

समाचार सारांश
- अनेरास्ववियुको मतगणनामा अध्यक्ष पदका लागि सुजन कडरियाले अग्रता लिएका छन्।
- २४औँ महाधिवेशनमा भएको मतदानपछि भएको गणनामा कडरियाले ९२ मत प्राप्त गरे।
- प्रकाश पौडेलले ५८ मत प्राप्त गरेका छन्, निर्वाचन कमिटीका सदस्य रश्मि आचार्यले जानकारी दिए।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको मतगणनामा अध्यक्ष पदमा सुजन कडरियाले अग्रता लिएका छन् ।
२४ औँ महाधिवेशनमा बिहीबार भएको मतदानपछि भएको गणनामा कडरियाले अग्रता लिएका हुन् । निर्वाचन कमिटीका सदस्य रश्मि आचार्यका अनुसार प्रारम्भिक नतिजामा अध्यक्षका उम्मेदवार कडरियाले ९२ मत ल्याउँदा प्रकाश पौडेलले ५८ मत पाएका छन् ।