‘महाभोज’सँग भिड्दै ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’
सारांश
- शुक्रबारदेखि नेपाली फिल्म 'महाभोज' र दुई हलिउड फिल्महरू प्रदर्शनमा आएका छन्।
- 'महाभोज' सहकारीमा भएको रकम अपचलन र त्यसले बचतकर्ताको जीवनमा पार्ने असरबारे केन्द्रित छ।
- हलिउड फिल्म 'ब्यालेरिना' र 'हाउ टु ट्रेन योर ड्रागन' पनि प्रदर्शनमा, फरक-फरक दर्शक वर्गलाई लक्षित गर्दै।
काठमाडौँ । आज शुक्रबारदेखि हलमा एक नेपालीसहित ३ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् नेपालीमा ‘महाभोज’ र हलिउडको ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ ।
यी फिल्ममा पनि ‘ब्यालेरिना’ हिन्दी र अंग्रेजी गरेर दुई भाषामा रिलिज भएको छ । यद्यपि यी ३ फिल्मले देशभरका हलमा आफ्नो कब्जा जमाउन भने पाएको छैन । किनभने अघिल्ला साताहरूमा रिलिज भएका ‘जन्ते बाख्रो’, ‘उनको स्वीटर’ लगायतका केही फिल्मले अझै केही स्टेसनमा कब्जा जमाएर बसेका छन् ।
महाभोज
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा बचत गरिएको रकम अपचलन हुँदा यसले बचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा फिल्ममा देख्न सकिन्छ ।
करिब २०० शोसहित सार्वजनिक प्रदर्शनमा आएको फिल्मले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। । काठमाडौँ, पोखरा र बुटवलमा विशेष प्रिमिएर भएको फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको हो । फिल्मका निर्देशक दिनेश राउत हुन् । हिमाल कडरिया निर्माता रहेको फिल्मले सेन्चरबोडबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
ब्यालेरिना
हलिउड फिल्म ‘ब्यालेरिना’ ले देशव्यापी ६५ शो पाएको छ । लेन वाइजम्यानद्वारा निर्देशित र शे ह्याटनद्वारा लिखित, फिल्ममा एना डे आर्मासले रुनीको भूमिका निर्वाह गरेकी छिन् ।
जो ‘जोन विक ३’ मा प्रस्तुत गरिएको ब्याले–केन्द्रित हत्या कलामा प्रशिक्षित एक युवा हत्यारा हुन् । जसले आफ्नो परिवारका हत्याराविरुद्ध बदला लिन रुनीको अथक प्रयासलाई पछ्याउँछ । फिल्मले चलचित्र सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाए ।
‘हाउ टु ट्रेन योर ड्रागन’
फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ ले देशव्यापी ५५ शो पाएको छ । बर्क टापुमा रहेका भाइकिंग र ड्रयागन दुवैलाई विगतको खतराले अहिले पनि चुनौती दिइरहेको छ ।
यस्तोमा उक्त खतराको सामना गर्न यी दुईले एक आविष्कारशील भाइकिंग हिचकी र नाइट फ्युरी ड्रयागन टुथलेस बीचको मित्रतामार्फत नयाँ भविष्य निर्माण कार्यमा अघि बढ्छन् । फिल्म रोजक प्रेमकथासहित अगाडि बढ्छ । फिल्मले चलचित्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण