इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु

काठमाडौँ । इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा इरानका कम्तीमा ६ जना आणविक वैज्ञानिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ ।
इरानी अधिकारीहरूले मृतकहरू सबै देशका अग्रणी वैज्ञानिक रहेको जानकारी दिएका छन्। सबैभन्दा चर्चित नाम फेरेयदून अब्बासी हुन्, जो इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख थिए ।
दोस्रो पहिचान भएका व्यक्ति मोहम्मद मेहदी तेहरान्ची हुन्, जो तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष थिए ।
अन्य तीन जना वैज्ञानिकहरूमा अब्दुलहमिद मिनुचेहर, अहमद रेजा जोल्फघारी, र अमिरहोसैन फेकी छन् । उनीहरू शाहिद बेहेस्टी विश्वविद्यालय, तेहरानका प्राध्यापक तथा अनुसन्धानकर्ता थिए ।
छैटौँ वैज्ञानिकको परिचय भने मोत्तालेबिजादेह थर मात्र सार्वजनिक गरिएको छ, पूर्ण नाम भने अझै खुलाइएको छैन ।
यस घटनाले इरानको आणविक कार्यक्रममाथि गम्भीर धक्का पुगेको विश्लेषण गरिएको छ। साथै, इरानले आक्रोश व्यक्त गर्दै घटनाको बदला कडा रूपमा लिने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
-
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
-
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
-
फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
-
इरान-इजरायल तनाव : चीनद्वारा इजरायलको निन्दा, इरानलाई अमेरिकाको चेतावनी
-
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो