इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु
काठमाडौँ । इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा इरानका कम्तीमा ६ जना आणविक वैज्ञानिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ ।
इरानी अधिकारीहरूले मृतकहरू सबै देशका अग्रणी वैज्ञानिक रहेको जानकारी दिएका छन्। सबैभन्दा चर्चित नाम फेरेयदून अब्बासी हुन्, जो इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख थिए ।
दोस्रो पहिचान भएका व्यक्ति मोहम्मद मेहदी तेहरान्ची हुन्, जो तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष थिए ।
अन्य तीन जना वैज्ञानिकहरूमा अब्दुलहमिद मिनुचेहर, अहमद रेजा जोल्फघारी, र अमिरहोसैन फेकी छन् । उनीहरू शाहिद बेहेस्टी विश्वविद्यालय, तेहरानका प्राध्यापक तथा अनुसन्धानकर्ता थिए ।
छैटौँ वैज्ञानिकको परिचय भने मोत्तालेबिजादेह थर मात्र सार्वजनिक गरिएको छ, पूर्ण नाम भने अझै खुलाइएको छैन ।
यस घटनाले इरानको आणविक कार्यक्रममाथि गम्भीर धक्का पुगेको विश्लेषण गरिएको छ। साथै, इरानले आक्रोश व्यक्त गर्दै घटनाको बदला कडा रूपमा लिने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण