गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा
सारांश
- परराष्ट्रमन्त्री आरजु राणाले अवैध रूपमा विदेश पुगेका नेपालीबारे गृह र श्रम मन्त्रालयसँग समन्वयमा अध्ययन भइरहेको जानकारी दिइन्।
- मन्त्री राणाले वैदेशिक रोजगारका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको बताइन्।
- उनले नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउन जनशक्ति व्यवस्थापन गरिएको र कूटनीतिक पहलमा जोड दिइने बताइन्।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले अवैध रूपमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा अध्ययन भइरहेको जानकारी दिएकी छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका र अवैध रूपमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिएकी हुन् ।
उनले वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्ने गरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धित निकायका सदस्यहरू रहको एक समिति गठन भएको पनि बताइन् ।
उनले नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा समेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको बताइन् ।
मन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका मोडालिटीहरुमा पनि परिवर्तन हुने अवस्था देखिएकाले कूटनीतिक पहलहरूमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण