शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपा र राप्रपाको ढ्यापढ्याप, पाण्डेले राखे धारणा

शुक्रबार, ३० जेठ २०८२, १७ : ०४
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाउँदै टेबल ठोके।
  • सभामुखले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकलाई बोल्न दिएपछि दुई दलका सांसदले विरोध जनाए।
  • सदनको अवरोध खुलाउन सत्ता पक्ष र माओवादी केन्द्रबीच सहमति भए पनि रास्वपा र राप्रपाले असहमति जनाए।

काठमाडौँ । प्रतिनिधिसा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर टेबुल ढ्यापढ्याप पारिरहेका छन् । त्यही ढ्यापढ्यापबीचम प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले धारणा राखिरहेका छन् । 

केही बेर दुई दलका सांसद उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरे रोकिए पनि उनीहरू बस्ने छाट नदेखेपछि सभामुखले पाण्डेलाई बोल्न दिएक छन् । त्रिभुवन अन्तराष्र्टिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए । 

आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् ।  ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरिरहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप