रास्वपासँग आरोप–प्रत्यारोप हुँदैन : प्रचण्ड
शुक्रबार, ३० जेठ २०८२, २१ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढेपनि आफुहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले रास्वपासंग माओवादीको मूलभूत विषयमा केहि फरक नरहेको उल्लेख गरे । रास्वपाको अडानका कारणले केहि समय रास्वपा आफ्नै ढंगले जाने र आफुहरुबीच बिमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ ।
यसअघि शुक्रबार नै माओवादी र सत्तारुढ दलबीच भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएको थियो । सहमतिप्रति रास्वपाले असहमति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण