भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक शुक्रबार काठमाडौँको शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठक मोर्चाका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको थियो ।
मोर्चाका सबै घटक दलहरूबाट आवश्यक सुझाव सङ्कलन गरी कार्यविधिमा पूर्णता दिने र आगामी बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको अध्यक्ष महतोले बताए ।
त्यस्तै, आदिवासी जनजातिको हकहितमा काम गरिरहेका राजनीतिक दल तथा सङ्गठनहरूसँग मोर्चाको सचिवालयमार्फत संवाद र सहकार्य अघि बढाउने उल्लेख छ। २०४७ सालदेखि हालसम्म भिजिट भिसामा विदेश गएका व्यक्तिहरूको अवस्थाबारे श्वेतपत्र सार्वजनिक गर्न सरकारसमक्ष माग गर्ने र मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्नुपर्ने मोर्चाले माग गरेको छ ।
त्यसैगरी हिजो अहमदावादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मोर्चाले मृतकका परिवार र भारत सरकारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।
अध्यक्ष राजेन्द्र महतोले बैठकमा उठाइएका विषयहरू राष्ट्रिय महत्वका रहेको भन्दै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण