बागमती प्रदेशसभामा ६ समितिका प्रतिवेदन पेस
मकवानपुर । बागमती प्रदेशसभामा ६ वटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा ६ वटा विषयगत संसदीय समितिको वार्षिक प्रगति प्रतिवेदन पेस भएको हो ।
प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापति नुरज श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
बैठकले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई विषयगत समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सो प्रस्तावलाई प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा विषगत समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको हो ।
त्यसअघि बैठकमा प्रदेशसभाका सांसदहरूले शून्य समयमा आफ्ना धारणाहरू राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण