भरुवा बन्दुकसहित एक जना पक्राउ
शुक्रबार, ३० जेठ २०८२, २१ : २२
सारांश
- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मा प्रहरीले ६० वर्षीय साङ दोर्जे लामालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
- प्रहरीले गोप्य सूचनाको आधारमा लामाको घरमा खानतलासी गर्दा बन्दुक फेला पारेको थियो।
- पक्राउ परेका लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
हेटौँडा । अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लामाको घरकोठामा रीतपूर्वक खानतलासी गर्दा अवैध भरुवा बन्दुक एकथान फेला परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेका लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण