भरुवा बन्दुकसहित एक जना पक्राउ
शुक्रबार, ३० जेठ २०८२, २१ : २२

समाचार सारांश
- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मा प्रहरीले ६० वर्षीय साङ दोर्जे लामालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
- प्रहरीले गोप्य सूचनाको आधारमा लामाको घरमा खानतलासी गर्दा बन्दुक फेला पारेको थियो।
- पक्राउ परेका लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
हेटौँडा । अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लामाको घरकोठामा रीतपूर्वक खानतलासी गर्दा अवैध भरुवा बन्दुक एकथान फेला परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेका लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई
-
सहमतिअनुसारको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेस गर्न समस्या : एमाले सांसद राई
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी
-
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान