भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
सारांश
- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणबारे सरकारसँगको सम्झौताको समीक्षा हुनुपर्ने बताए।
- उनले सरकारसँगको दुई बुँदे सम्झौता र त्यसपछिको प्रतिक्रियाबारे पार्टी अध्यक्षसँग छलफल हुन नसकेको जनाए।
- श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान नछोड्ने र सुशासनको पक्षमा पार्टीले काम गरिरहने बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् ।
माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए । उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्ष पुष्पकमल दाहालले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने बताए । तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे ।
उनले भने, ‘संसदमा हिजो के भएको हो भन्नुभयो । भएको त तपाईंहरु सबैले देखिसक्नुभयो । सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदै सम्झौता भएर संसद् खुलेको हो । त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन । मैले छलफल गरेर निष्कर्षमा नपुगि केही भन्न सक्दिन । औपचारिक कुरा थाहा पाइसक्नुभयो । त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ । त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ ।’
उनले थप भने, ‘पार्टीमा आधिकारिक रुपमा भन्न सक्ने स्थितिमा छैन । हामीले यो मुद्दा छोड्दैनौँ । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ । यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ । अरू कुराको हकमा तात्कालिक कार्यनीतिका हिसाबले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्ने कुरा हामी छलफल गरेर मात्रै एउटा टुङ्गोमा पुग्नेछौँ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्ने समेत बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण