‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेसी समुदाय एकजुट हुनुपर्छ’

समाचार सारांश
- मन्त्री नवलकिशोर शाह सुडीले मधेशी समुदायलाई अधिकारको प्रभावकारी कार्यान्वयनका लागि एकजुट हुन आग्रह गरे।
- उनले मधेशी समुदायको राज्यका संरचनामा सहभागिता बढेको र थप अधिकारका लागि एकीकृत हुनुपर्ने बताए।
- सांसद जुलीकुमारी महतोले मधेशी महिलाको समग्र विकासका लागि राज्यको लगानी आवश्यक रहेको बताइन्।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेसी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण’ कार्यक्रममा उनले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताए ।
मन्त्री सुडीले भने, ‘मधेसमा भएको लामो सङ्घर्ष र बलिदानबाट मधेशी समुदायले कतिपय हकअधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।’
सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री तथा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले मधेशी महिलाको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिकसँगै समग्र विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिइन् ।
सुडी समाज काठमाडौँका अध्यक्ष शीतलप्रसाद महतोले महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले समाजले ‘क्यान्सरका लक्षण र उपचारबारे डाक्टर संवाद’ कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
-
सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
-
बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु
-
अधुरो सपनाको आँगनमा फुलेका दुई क्रिकेटर
-
केशलिया करिडोर निर्माणमा १५ करोड बजेट सुनिश्चित