अनेरास्ववियुमा नवनिर्वाचित सचिवहरूको कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?
सारांश
- अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ।
- बैठकले महाधिवेशनलाई नीतिगत, वैचारिक र सांगठनिक रूपमा विशेष महत्वको कोसेढुंगाका रूपमा लियो।
- बैठकले सचिवहरूको कार्यविभाजन गर्यो, जसमा विभिन्न सचिवहरूलाई जिम्मेवारी तोकियो।
काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले भर्खरै सम्पन्न महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्व बोकेको कोसेढुंगाका रुपमा रहेको निष्कर्ष निकालेको छ ।
साथै महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखा परेका केही अवाञ्छित प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार र खारेजी गर्दै सम्पूर्ण जनवादी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई प्रतिगमनको विरुद्ध आफ्ना अभियानहरूलाई तीव्रताका साथ अगाडि बढाउनुपर्ने जिम्मेवारीलाई बैठकले स्मरण गराएको छ ।
साथै बैठकले केन्द्रीय कमिटीमा निर्वाचित सचिवहरूको कार्यविभाजन समेत गरेको छ । आर्थिक सचिवको जिम्मेवारी आकाश घर्तीमगरले पाएका छन् भने संगठन सचिवको जिम्मेवारी अधिवक्ता गोपाल नेपालले पाएका छन् ।
त्यस्तै प्रचार सचिवको जिम्मेवारी समिमबाबु खान र विदेश सचिवको जिम्मा ई.रचना सापकोटालाई दिइएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण