राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
सारांश
- सरकारले राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
- आवेदकले असार १५ गतेसम्म आवेदन दिनुपर्नेछ।
- ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्नातक उत्तीर्ण व्यक्तिले आवेदन दिन सक्नेछन्।
काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समितिको (रासस) महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् असार १५ गतेसम्म, कार्यालय समयभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यममा प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
प्राप्त आवेदनहरूमध्येबाट उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा महाप्रबन्धक पदका लागि नियुक्तिको सिफारिस गरिने मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण