दुर्घटना
भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
आइतबार, ०१ असार २०८२, ०८ : ०८

समाचार सारांश
- उत्तराखण्डको केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको थियो र हेलिकप्टर आर्यन कम्पनीको हो।
- खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ र उद्धार कार्य जारी छ।
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।
दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्।
खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।