दुर्घटना
भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
आइतबार, ०१ असार २०८२, ०८ : ०८
सारांश
- उत्तराखण्डको केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको थियो र हेलिकप्टर आर्यन कम्पनीको हो।
- खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ र उद्धार कार्य जारी छ।
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।
दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्।
खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण