आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अपडेट

बयानका लागि सहसचिव भट्टराई अख्तियारमा

आइतबार, ०१ असार २०८२, १० : ३६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • त्रिभुवन विमानस्थलका तत्कालिन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई अख्तियारले पाँचौ पटक बयानका लागि बोलाएको छ।
  • भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियारले उनलाई जेठ ७ गते नियन्त्रणमा लिएको थियो, तर त्यसअघि उनको सरुवा भएको थियो।
  • भट्टराईमाथि भिजिट भिसामा सेटिङ गरेको आरोप लागेको छ र यसअघि पनि उनलाई सोधपुछ गरिएको थियो।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालिन प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पाँचौ पटकको बयानका लागि उपस्थित हुँदैछन् । 

भिजिट भिसा प्रकरणमा उनको अनुसनधान गरिरहेका एक अनुसन्धान अधिकृतले सहसचिव भट्टराईलाई आज बिहान १० बजे बयानका लागि बोलाइएको जानकारी दिए । 

भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराईको त्यसको अघिल्लो दिन जेठ ६ गते गृह मन्त्रालयले सरुवा गरेको थियो । तर उनले रमना नबुझेकाले कार्यालयमा अख्तियारले छापा मार्दा नियन्त्रणमा परेका हुन् ।  
 
भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिन अख्तियारको कार्यालय टंगालमा सामान्य बयान दिएका थिए । त्यो बाहेक उनले जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर बयान दिएका थिए । त्यसदिन उनलाई उनीविरुद्ध परेको उजुरीबारे जानकारी गराएको थियो ।  प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायो । भट्टराईलाई नियन्त्रणमा लिदाँको दिन उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको थियो । 

त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । त्यसदिन उनलाई अनुसनधान अधिकृतले पाँच प्रश्न सोधेका थिए । जुन उनीविरुद्ध परेको उजुरीसम्बन्धी केही  थिए । 

त्यसपछि भट्टराईलाई २५ जेठमा बयानका लागि बोलाइएको थियो । जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा सामान्य बयान लिइएको थियो । आज पनि डिभाइसमा भेटिएका विषय र उजुरीसँग सम्बन्धित विषयमा बयान लिइने अख्तियार स्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप