आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अर्थतन्त्र

इजरायल–इरान युद्धले कमोडिटितिर सोझियो लगानी, विश्वभरको शेयर बजार घट्दो

आइतबार, ०१ असार २०८२, १० : ४६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • इजराइल-इरान युद्धका कारण विश्वभरका शेयर बजारमा गिरावट आएको छ। अमेरिकी र युरोपेली बजारमा यसको असर बढी देखिएको छ।
  • युरोपेली बजार र एसियाली बजारमा पनि युद्धको प्रभाव देखिएको छ। कमोडिटिज बजारमा भने उच्च आकर्षण देखिएको छ, कच्चा तेल र सुनको मूल्य बढेको छ।
  • इजरायल र इरानबीचको तनाव बढेपछि शेयर बजार घटेको हो। इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ।

काठमाडौं । इजराइल–इरान युद्धका कारण विश्वभरको शेयर बजार (स्टक मार्केट) घटेका छन् । युद्धसँगै विश्व राजनीतिमा देखिएको अनिश्चितताका विश्व बजारको शेयर बजारमा गिरावट देखिएको हो । 

अमेरिकी शेयर बजार परिसूचक डो–जोन्स शनिबार १.७९ प्रतिशतले घट्यो । त्यस्तै, एस एण्ड पी ग्लोबल १.१३ प्रतिशतले घटेको छ । अमेरिकाकै अर्को परिसूचक १.३० प्रतिशतले घटेको छ । 

युरोपियन बजारमा पनि युद्धको प्रभाव देखिएको छ । बेलायतको फाइनानन्सियल टाइम स्टक एक्सचेञ्ज शनिबार ०.३९ प्रतिशतले गिरावट आएको छ । फ्रान्स स्टक एक्सचेञ्जका परिसूचक समेत एक प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । सीएसी–४० सूचक शनिबार १.०४ प्रतिशले घटेको देखिएको छ । 

जर्मन स्टक एक्सचेञ्ज कम्पनी फ्रयाङ्कफर्ट स्टक एक्सचेञ्जका ४० ब्लुचिप कम्पनीको सूचक डीएएक्स परिसूचक समेत शनिबार १.०९ प्रतिशतले घटेको छ । 

एशियाली बजारमा पनि यसको असर परेको छ । तर, अमेरिकी र युरोपेली बजारभन्दा यस्तो असर कम छ । एशियाली बाघ मानिने सिंगापुर, हङकङ, ताइवान, कोरिया तथा जापान, थाइल्यान्ड लगायत देशका स्टक मार्केट पनि घटेरै बन्द भएका छन् । चीनको सांघाई स्टक एक्सचेञ्जमा पनि नकारात्मक असर परेको देखिन्छ । 

भारतीय स्टक मार्केटमा भने अन्तिम कारोबारमा यसको असर देखिएन । मुम्बई स्टक एक्सचेञ्जको निफ्टी–५० अन्तिम कारोबारमा सामान्य बढेर बन्द भएको छ । 

कमोडिटिज बजारमा आकर्षण
स्टक मार्केट घटिरहँदा कमोडिटिज बजारमा भने उच्च आकर्षण देखिएको छ । शनिबार बेलायती कमोडिटिज ब्रेन्टमा कच्चा तेलको मूल्य ७.५ प्रतिशतले बढेको छ । त्यस्तै, डब्ल्युटीआई क्रुडको मूल्य पनि ७.५५ प्रतिशतले बढेको छ । शुक्रबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.३६ प्रतिशतले बढेको देखिन्छ ।

शुक्रबार इजरायलले इरानमाथि सैन्य हमला सुरु गरेपछि पछिल्लोपटक दुई देशबीच तनाव सुरु भएको हो । इजरायलले इरानमा आक्रमण गरी इरानी रिभोलुसन गार्डका कमान्डर हुसेन सलामी सहित धेरै आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो । इजराइलको आक्रमणको प्रतिवादस्वरुप इरानले इजरायलमाथि शनिबार १०० भन्दा धेरै क्षेप्यास्त्र आक्रमण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप