सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको सांसद शाहीको आरोप

आइतबार, ०१ असार २०८२, १६ : २१
आइतबार, ०१ असार २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्त सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरूले सदन बहिष्कार गरेको बताए । 

सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसद्मा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ । उनले संसद्को नियमावलीको विरुद्धमा सभामुख चले संसद्को कुनै महत्त्व नरहने धारणा राखे ।

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप