सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बजेट पारित गर्न मधेसमा मन्त्रिपरिषद् बैठक

आइतबार, ०१ असार २०८२, १६ : ४६
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • मधेस प्रदेश मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्न छलफल गरेको छ।
  • मुख्यमन्त्रीको कार्यालयका अनुसार, बजेटको आकार बढ्ने र करिब २ अर्ब थप गरी ४६ अर्बको हाराहारीमा बजेट ल्याइनेछ।
  • बजेट सदनमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बैठक बसेको हो।

जनकपुर । मधेस प्रदेश मन्त्रिपरिषदको बैठक बसिरहेको छ । मधेस सरकारको आगामी २०८२–०८३ का बजेट पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो ।  

मुख्यममन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज दिउँसोदेखि बैठक बसिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  बजेट सदनमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने संवैधानिक नीति अनुसार मन्त्रिपरिषदको बैठक डाकिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए ।

यो वर्ष प्रदेश सरकारको बजेटको आकार बढेर आउने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मधेस सरकारले झण्डै २ अर्ब बजेट थप गरेर ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ । 

मन्त्रिपरिषदबाट बजेट पास भइसकेपछि बजेट सदनमा प्रस्तुत गर्ने सरकारको तयारी छ । अपरान्ह ४ बजेदेखि सदन बैठकको कार्यसूची रहेता पनि मन्त्रिपरिषदको बैठक नसकिएकोले बजेट भाषण सुरु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप