बजेट पारित गर्न मधेसमा मन्त्रिपरिषद् बैठक
सारांश
- मधेस प्रदेश मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्न छलफल गरेको छ।
- मुख्यमन्त्रीको कार्यालयका अनुसार, बजेटको आकार बढ्ने र करिब २ अर्ब थप गरी ४६ अर्बको हाराहारीमा बजेट ल्याइनेछ।
- बजेट सदनमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बैठक बसेको हो।
जनकपुर । मधेस प्रदेश मन्त्रिपरिषदको बैठक बसिरहेको छ । मधेस सरकारको आगामी २०८२–०८३ का बजेट पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो ।
मुख्यममन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज दिउँसोदेखि बैठक बसिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बजेट सदनमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने संवैधानिक नीति अनुसार मन्त्रिपरिषदको बैठक डाकिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए ।
यो वर्ष प्रदेश सरकारको बजेटको आकार बढेर आउने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मधेस सरकारले झण्डै २ अर्ब बजेट थप गरेर ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदबाट बजेट पास भइसकेपछि बजेट सदनमा प्रस्तुत गर्ने सरकारको तयारी छ । अपरान्ह ४ बजेदेखि सदन बैठकको कार्यसूची रहेता पनि मन्त्रिपरिषदको बैठक नसकिएकोले बजेट भाषण सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण