लन्डनमा एक नेपाली युवा कार्यस्थलमा मृत फेला
काठमाडाैँ । बेलायतको लन्डनस्थित वेम्बली स्टेडियमभित्र कार्यरत २७ वर्षीय नेपाली युवा विपिन न्यौपाने मृतावस्थामा फेला परेका छन्। लण्डनको हिथ्रो एयरपोर्ट नजिक हन्सलोमा बस्दै आएका मृतक वेम्बली स्टेडियमभित्र एक कोठामा शनिबार दिउँसो मृतावस्थामा फेला परेका हुन् ।
एक वर्षअघि अध्ययनका लागि बेलायत आएका न्यौपाने नेपालदेखिकै साथीहरूका साथमा लन्डनको हन्सलोमा बस्दै आएका थिए ।
सेन्ट जोन युनिभर्सिटी योर्कबाट मास्टर्स पूरा गरेपछि उनले हालै पिएसडब्लु भिसा लिएर फुलटाइम काम गर्ने गरेका थिए । लन्डनको कुनै एक क्लिनिङ कम्पनीका लागि कार्यरत न्यौपाने वेम्बली स्टेडियममा खटिएका थिए । काममा समेत उनी प्रमोट भएर सुपरभाइजर बनेका थिए ।
लन्डनस्थित नेपाली दूतावास, बेलायतमै बस्ने मृतकका आफन्त र संगै बस्दै आएका साथीहरुसमेतको सम्पर्कबाट प्राप्त जानकारीअनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर प्रारम्भिक रुपमा अरु कसैको संलग्नता नरहेको बताइएको छ ।
लन्डनस्थित नेपाली दूतावासले पनि मृतकको परिवारसँग सम्पर्क भएको र यहाँको सबै अनुसन्धान तथा प्रक्रिया पूरा भएपछि नेपाल शव पठाउनेबारे आवश्यक समन्वय गरिने जनाएको छ । गुल्मीको जोहाङ पुर्ख्यौली घर भएका न्यौपानेको परिवार नेपालको रुपन्देहीस्थित मणिग्राममा बस्दै आएको छ ।
बाबुआमाका मात्र दुई सन्तानमध्ये मृतक परिवारका एक्ला छोरा थिए भने उनकी एक दिदी अहिले जापानमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण