नेसपा (नयाँ शक्ति) ले पाँच महिना सङ्गठन विस्तारको काम गर्ने
आइतबार, ०१ असार २०८२, २० : ३३

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले असार १ गते आजदेखि कार्तिक ५ गते (पाँच महिना) सम्म जन सङ्गठन विस्तारको काम गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन केन्द्रित सङ्गठन विस्तार, जनसम्बन्ध, भेला, सदस्यता वितरणको काम गर्ने निर्णय भएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
यस्तै आगामी निर्वाचनलाई केन्द्रमा राखेर नेताहरूको कार्य विभाजन भएको शर्माले बताए । साथै ११ जना पदाधिकारी र ५ जना पदेन सदस्य गरी १७ जनाको कार्यकारिणी समिति गठन भएको उनले जानकारी दिए ।