टेलिसिरियल ‘वाचा बन्धन’ को प्रसारण सुरु
सारांश
- शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत टेलिसिरियल 'वाचा बन्धन' को प्रसारण सुरु भएको छ।
- यस सिरियलमा यज्ञजंग विक (आयुष) को लेखन निर्देशन रहेको छ, जसमा सरिता ढुङ्गाना, कुसुम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
- सिरियलको छायाङ्कन ललितपुरको छम्पि र रुकुम पूर्वी भागको लुगुम नरिबाङको रमणीय स्थलमा गरिएको छ।
काठमाडौँ । टेलिसिरियल ‘वाचा बन्धन’ को प्रसारण सुरु भएको छ । शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत यसको प्रसारण सुरु भएको हो ।
सिरियलमा यज्ञजंग विक (आयुष) को लेखन निर्देशन रहेको सिरियलमा सरिता ढुङ्गाना, कुसुम शर्मा, प्रशान्त बुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, यादव गिरि, आयुष विसी लगायतका कलाकारको अभिनय रहनेछ ।
‘सकम्बरी’ गीतबाट चर्चित कुसुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गरेका प्रशान्त बुढाथोकीको समेत अभिनय सिरियलमा रहेको छ ।
कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण रहेको सिरियलमा शिव विकको छायाङ्कन र उमेश थापा मगरको सम्पादन छ । सिरियल ललितपुरको छम्पि र रुकुम पूर्वी भागको लुगुम नरिबाङको रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण