राष्ट्र बैँक
महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा
सोमबार, ०२ असार २०८२, १२ : ००

काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा पठाएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
सङ्केत नं दर/ ३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म नम्बर रहेको उक्त नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा ‘वि.सं. २०८१’ लेखिएको राष्ट्र बैँकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की