घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान

समाचार सारांश
- कपिल शर्माको नेटफ्लिक्स शो 'द ग्रेट इन्डियन कपिल शो' को तेस्रो सिजन जुन २१ बाट सुरु हुँदैछ।
- शोको पहिलो एपिसोड रिलिज नहुँदै सलमान खानको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले सम्बन्ध र विच्छेदबारे कुरा गरेका छन्।
- नयाँ सिजनमा नवजोत सिंह सिद्धू ६ वर्षपछि शोमा फर्किंदैछन्, अर्चना पूरन सिंह र उनी दुवै शोमा देखिनेछन्।
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माको चर्चित नेटफ्लिक्स शो ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन चाँडै आउँदैछ । शो को पहिलो एपिसोड अहिलेसम्म रिलिज भएको छैन, तर यससँग सम्बन्धित भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यस भिडियोमा सलमान खान पहिलो अतिथिको रूपमा स्टेजमा देखिएका छन् । कपिल शर्मासँगको कुराकानीको क्रममा सलमानले सम्बन्ध र पारपाचुकेका बारेमा आफ्नो धारणा राखेका थिए ।
‘पहिले मानिसहरू एक अर्काको लागि त्याग गर्थे । तर अब घुरेकै कारण सम्बन्ध विच्छेद हुन्छ । सानो मिस अन्डर स्ट्यान्डिङ पनि पारपाचुके हुन्छ । ठिक छ, सम्बन्ध विच्छेद भयो, त्यसपछि ऊ आधा पैसा लिएर जान्छे’ खानले भने । सलमानको यस भनाइमा नवजोत सिंह सिद्धू र अर्चना पूरन सिंह निकै हाँसेका देखिए । सलमानले कुन सन्दर्भमा यी कुरा भनेका हुन् भन्ने थाहा हुन सकेको छैन ।
जुन २१ बाट आउँदैछ शो को तेस्रो सिजन
द ग्रेट इन्डियन कपिल शो को तेस्रो सिजन जुन २१ मा सुरु हुनेछ । यो शो २०२४ को मार्च ३० देखि नेटफ्लिक्समा स्ट्रिम भइरहेको थियो । २०२४ को जुन २२ १३ एपिसोडमा पहिलो सिजन समाप्त भयो । दोस्रो सिजन सेप्टेम्बर २१ देखि डिसेम्बर १४, २०२४ सम्म चल्यो ।
शोको ढाँचा कपिलको पुरानो शो जस्तै छ । यसमा सेलिब्रेटी पाहुनाहरूसँग रमाइलो कुराकानी र हास्यपूर्ण अभिनयहरू हेर्न पाइन्छ । टोलीमा सुनिल ग्रोभर, किकु शारदा, कृष्ण अभिषेक र राजीव ठाकुर समावेश छन् ।
यस सिजनको विशेष कुरा के छ भने लगभग ६ वर्षपछि नवजोत सिंह सिद्धू कपिलको शोमा फर्किदैछन् । तेस्रो सिजनमा अर्चना पूरन सिंह र नवजोत सिंह सिद्धू दुवैलाई शो मा देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, प्रदेशसभा भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की