संसद्मा थिङको नियमापत्ति : मानव तस्कर भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?
सारांश
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बोल्ने क्रममा नाराबाजी भएपछि सांसद सुशीला थिङले आपत्ति जनाइन्।
- सांसद थिङले रास्वपा र राप्रपाका सांसदहरूको नाराबाजीको विषय उठान गर्दै आपत्ति जनाइन्।
- सभामुखले संसदभित्रको गतिविधि मर्यादित, जिम्मेवारीपूर्ण र उत्तरदायी हुनुपर्ने बताए।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धारणा राखिरहँदा भएको नाराबाजीमा नियमापत्ति गरेकी छन् ।
अर्थमन्त्री पौडेलले बजेटको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थिए । त्यही बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा लगाएका थिए । त्यही नारामा कांग्रेस सचेतक थिङले नियमापत्ति गरेकी हुन् ।
नियमापत्ति गर्दै उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? परिभाषित गर्न सक्नुहुन्छ ?’
उनले नियमापत्तिमै थपिन्, ‘५÷५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको तस्करी हो कि कुन विषयको मानव तस्करी हो ?’
एक वर्ष अगाडि उपसभामुख इन्दिरा रानामगरले हस्ताक्षर गरी विदेशमा कार्यक्रममा पठाएको पत्र सार्वजनिक भएको थियो । थिङले त्यही विषयलाई सांकेतिक रूपमा उठाउन खोजेकी हुन् ।
रास्वपा सांसदहरूले भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन गरिएको विषयलाई मानव तस्करीको संज्ञा दिँदै कारबाहीको माग गर्दै सदन चलिरहेको बेलामा नाराबाजी गरिरहेका छन् ।
थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको बताए ।
‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूर्ण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण