शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
सारांश
- पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ।
- शास्त्रीको निधन काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ९० वर्षको उमेरमा भयो। उनी बीपी कोइराला लगायतका नेताहरूसँग निकट रहेर काम गरेका थिए।
- शास्त्री २०४८ र २०५१ मा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए र उनी उद्योग र श्रममन्त्री पनि बनेका थिए।
काठमाडौँ । आज उपचारका क्रममा निधन भएका पूर्वमन्त्री ढुण्डीराज शस्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्ति निकालेर शास्त्रीको पार्थिव शरीर असार ४ गते बिहान ९ः ०० बजेदेखि ११ः ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य, पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन जनाएका छन् ।
विज्ञप्तिमा शास्त्रीले कांग्रेसको राजनीतिमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूसँग निकटमा रहेर काम गरेको उल्लेख छ । प्रजातन्त्र पुन:स्थापनाको सङ्घर्षका क्रममा भारतको वनारस र गोरखपुरमा लामो समय प्रवासी जिवन बिताएका शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छन् । उनी उद्योग र श्रममन्त्री बनेका थिए । शास्त्रीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण