चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबिच सोमबार उद्योग मन्त्रालयमा छलफल भएको छ ।
छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो । बैठकमा चैते धानको हालको अवस्था ,किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयातको अवस्था , खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान,चामलको मौज्दात अवस्था , खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायतका विषयमा छलफल भएको छ ।
दुई मन्त्रालय बिच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल ,चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकाय सँग समन्वय गर्ने, खाद्य मार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालय सँग बजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।
बैठकमा कृषि मन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मूल्य पाउनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेकोमा जोड दिए । उद्योग मन्त्री भण्डारीले कृषि , उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा , वाणिज्य तथा आपूर्ति सचिव डा.रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्था बारे जानकारी गराएका थिए ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापा लगायत पूर्व र पश्चिमका जिल्लाहरूमा किसानले १५ देखि १६ सय रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसान सँग बिक्रीका लागि रहेको अनुमान छ । पछिल्लो समय मात्र भारतबाट ३१अर्ब जतिको चामल आयत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण