धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
सारांश
- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने घटनाको मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भए।
- मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ।
- यसअघि, मिश्र चैत १५ मा पक्राउ परेका थिए र सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा भएका थिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।
तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने बताइएको छ।
गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।
तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।
सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण