'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
सारांश
- चलचित्र 'यो मन त मेरो नेपाली हो' असार २७ गतेबाट प्रदर्शन हुँदैछ, जसको अमेरिकाका विभिन्न सहरमा विशेष शो गरिएको छ।
- पिट्सबर्गमा आयोजित शोमा दर्शकले नेपाली भाषा, कला, संस्कार र संस्कृतिको महत्त्व दर्शाएको भन्दै फिल्मको प्रशंसा गरे।
- चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ, जसले नेपाली भाषा र पहिचानको कथा बोकेको छ।
काठमाडौँ । यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विभिन्न सहरमा विशेष शाे गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेरै प्रशंसा गरेका छन् ।
सोमबार राति पिट्सबर्ग गरिएको विशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएकोले चलचित्र निकै सुन्दर र हरेक नेपाली भाषी हेर्नु पर्ने फिल्म बनेको भन्दै दर्शक चलचित्रको तारिफ गरेका छन् ।
चलचित्र 'यो मन त मेरो नेपाली हो' मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन "मन्त्री",सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण