‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
मङ्गलबार, ०३ असार २०८२, १४ : १६
सारांश
- चर्चित कलाकार मरीचमान श्रेष्ठ 'बल्छी धुर्बे' ले 'गोबर गणेश' नामक फिल्म बनाउने भएका छन्।
- बल्छी धुर्बे फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मको निर्देशन समेत उनैले गर्नेछन्।
- फिल्मको कथा अहिले गोप्य राखिएको छ भने सितादेवी तिमल्सेना र पूजन घिमिरेलाई कलाकारको रूपमा छनोट गरिएको छ।
काठमाडौंँ । चर्चित कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’ नामबाट निर्माण गर्ने भएका छन् । बल्छी धुर्बे फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म उनी आफैले निर्देशन गर्दै छन् ।
फिल्मको नाम विकास बोर्डमा दर्ता भैसकेको छ । सितादेवी तिमल्सेनार पूजन घिमिरे फिल्मका लागि छानिएका छन् ।
फिल्मको कथा अहिले खुलाइएको छैन । केही समयमै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे विस्तृत जानकारी दिने उनको तयारी छ । ‘मेरी बास्सै’ चर्चामा छाएका कलाकार मरीचमान पछिल्लो समयमा ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा देखिँदै आएका छन् ।
मरीचमानले ‘सक्किगोनि’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’मा पनि अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण