सन्दीपको सहभागितामा यूकेमा ब्रिज कप हुँदै
सारांश
- ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा 'ब्रिज डिकेड कप २०२५' आयोजना गर्ने घोषणा गरेको छ।
- यो मैत्रीपूर्ण क्रिकेट खेल यूकेमा हुनेछ, जसमा सन्दीप लामिछानेले ब्रिज ११ टोलीको नेतृत्व गर्नेछन् र खेलबाट उठेको रकम अनाथ बालबालिकालाई सहयोग गरिनेछ।
- खेल डेवाइजिस क्रिकेट मैदानमा हुनेछ, जसमा ब्रिज ११ र डेभिजेस क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ र म्याक्स क्रिकेट क्लबले प्राविधिक सहयोग गर्नेछ।
काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विशेष रूपमा मनाउने घोषणा गर्दै ब्रिज डिकेड कप २०२५ को आयोजना गर्ने भएको छ । सन्दीप लामिछानेको नेतृत्वमा यूकेमा हुने यस मैत्रीपूर्ण क्रिकेट खेलबाट उठ्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने बताइएको छ ।
आगामी २२ जुनमा युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज ११ र डेभिजेस क्रिकेट क्लबका बिचमा हुने यस खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वयंले ब्रिज ११ टोलीको नेतृत्व गर्नेछन्। सन्दीप ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर पनि हुन् ।
ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले यस खेल कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम पनि भएको बताए । ‘१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ’ गिरीले बताए।
प्रतियोगिताको प्राविधिक पक्षमा म्याक्स क्रिकेट क्लबले सहकार्य गर्दैछ । क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन् ।
खेलबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमासहयोग स्वरूप हस्तान्तरण गरिनेछ । सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण