मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सन्दीपको सहभागितामा यूकेमा ब्रिज कप हुँदै

मङ्गलबार, ०३ असार २०८२, १४ : ३३
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा 'ब्रिज डिकेड कप २०२५' आयोजना गर्ने घोषणा गरेको छ।
  • यो मैत्रीपूर्ण क्रिकेट खेल यूकेमा हुनेछ, जसमा सन्दीप लामिछानेले ब्रिज ११ टोलीको नेतृत्व गर्नेछन् र खेलबाट उठेको रकम अनाथ बालबालिकालाई सहयोग गरिनेछ।
  • खेल डेवाइजिस क्रिकेट मैदानमा हुनेछ, जसमा ब्रिज ११ र डेभिजेस क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ र म्याक्स क्रिकेट क्लबले प्राविधिक सहयोग गर्नेछ।

काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विशेष रूपमा मनाउने घोषणा गर्दै ब्रिज डिकेड कप २०२५ को आयोजना गर्ने भएको छ । सन्दीप लामिछानेको नेतृत्वमा यूकेमा हुने यस मैत्रीपूर्ण क्रिकेट खेलबाट उठ्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने बताइएको छ ।

आगामी २२ जुनमा युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज ११ र डेभिजेस क्रिकेट क्लबका बिचमा हुने यस खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वयंले ब्रिज ११ टोलीको नेतृत्व गर्नेछन्। सन्दीप ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर पनि हुन् । 

ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले यस खेल कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम पनि भएको बताए । ‘१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ’ गिरीले बताए।

प्रतियोगिताको प्राविधिक पक्षमा म्याक्स क्रिकेट क्लबले सहकार्य गर्दैछ । क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन् ।

खेलबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमासहयोग स्वरूप हस्तान्तरण गरिनेछ । सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप