रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्मा, कांग्रेसको नियमापत्ति
काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो स्कार्फ लगाएर संसद् बैठकमा आएपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम ३० अन्तर्गत नियमापत्ति गरेका हुन् ।
नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । सभामुखको चेतावनीपछि सदस्यले आफ्नो व्यवहारमा नियन्त्रण गर्नुपर्ने व्यवस्था छ । त्यति गर्दा पनि सदस्यहरूले व्यवहार नसुधारेमा सभामुखले बैठक कक्षबाट निष्कासनसमेत गर्न सक्ने नियमावलीको नियम ३१ को व्यवस्था पनि घिमिरेले बैठकमा सम्झाए ।
‘केही माननीय सदस्यहरूले स्कार्फ लगाएर आउनु भएको छ । यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन,’ घिमिरेले भने, ‘भोलि कोही माननीय हाफ प्यान्ट मात्रै लगाएर आउनुहोला । कोही जथाभावी ड्रेस लगाएर आउनुहोला त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण