बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए

मङ्गलबार, ०३ असार २०८२, १६ : १९
मङ्गलबार, ०३ असार २०८२

काठमाडौंँ । स्कटलेन्डको एडम्बरामा जुलाई १९ मा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’को सहभागी हुने ४१ चलचित्रका नामावली सार्वजनिक गरिएको छ । 

आयोजक नेपाल स्कटल्यान्ड एसोसिएसनले १५ वटा छोटा, ५ वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति चलचित्र र ८ वटा आदिवासी जनजातिका कथा लिएर मूलधारमा बनेका चलचित्र समेट्दै नावावाली सार्वजनिक गरेको हो । ६० वटा आवेदनबाट ४१ चलचित्र छानिएका हुन् ।

छानिएका चलचित्रमा छोटोमा बेङठा (निर्देशक इन्द्र बहादुर परियार), डेभिनेसन (निर्देशक गोपाल आचार्य), अदेख (निर्देशक अयुब केसी), जंगलमा (निर्देशक विवेक रामदाम), खिल (निर्देशक विकास मगर), कलर अफ टी (निर्देशक राज कुमार लामिछने), द ब्लाक पिग (निर्देशक नवीन मेन्याङबो), लौलसा परहेके (निर्देशक विनोद पुडासैनी), द ब्लु स्काई (निर्देशक निर्मल पौडेल), फेके (मदर टङ्ग, निर्देशक टोमा लामा), रिभा (निर्देशक प्रसिस बज्राचार्य), सन्ते (निर्देशक दीपक तामाङ), माता (निर्माता उमा कार्की), टरक्युसी (निभ बज्राचार्य), एप्रोन(निर्देशक किरन प्रसाद धिताल) रहेका छन् ।  

त्यस्तै वृत्तचित्रहरूमा गा घर (निर्देशक दीप नारायण राजवंशी), वडहाङने/पापनी (निर्देशक जस कुमार राई), गल्र्स रीराइटिङ डेस्टिनी (निर्देशक लब प्याकुरेल), द एभरेस्ट मम (निर्देशक संगीता श्रेष्ठ), डिभाइन डाइलीमा (निर्देशक केपी पाठक) छन् ।

त्यसैगरी आदिवासी चलचित्रहरूमा कर्तव्य आर संघर्ष (निर्देशक संतोष सरकार),  गले वाना (निर्देशक अनयुक्ता स्थापित), अस्तु (निर्देशक दीपक तामाङ लामा), लोजिमा (निर्देशक सागर सुब्बा), हाङनन्द (निर्देशक विजय संयोक सुब्बा), मुखिया (निर्देशक प्रीतम गुरुङ), नाम्लो/जर्नी अफ पोर्टर्स (निर्देशक हेमन तामाङ), सेमिफुङ (निर्देशक रन वीर लिम्बू), सुगुप (निर्देशक लोकेन साबा लिम्बू),चे (निर्देशक सागर केरुङ), युप्पारुङ (निर्देशक रबिन श्रेष्ठ), जितिया (परशुराम चौधरी), लाखे आजु ( निर्देशक आर्यन नकर्मी), नाक्छोङ (निर्देशक किरन राई)रहेका छन् ।

मूलधारमा आदिवासी जनजातिका कथा समावेश गरेर निर्माण भएका चलचित्रहरूलाई विशेष चलचित्र सम्मान अवार्ड प्रदान गरिने भएको छ । जसका लागि चलचित्रहरू गाउ आएको बाटो (निर्देशक नवीन सुब्बा), अन्जिला (निर्देशक मिलन चाम्स), कर्साङ (निर्देशक यम शेर्पा), घरज्वाइँ (निर्देशक अनिल बुढा मगर), खुश्मा(निर्देशक अशोक थापा), गोर्खा वारियर (मिलन चाम्स) र टुल्की (निर्देशक देव थापा) रहेको छन् । 

सहभागी भएका चलचित्रहरूलाई बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट स्क्रीप्ट, बेस्ट डिरेक्टर, बेस्ट सिनेमाटोग्राफर, बेस्ट एडिटर, बेस्ट डेब्यु डिरेक्टर, बेस्ट डेब्यु एक्टर/एक्ट्रेस प्रदान गरिने भएको छ । 

सहभागी चलचित्रमध्ये १९ जुलाईमा अन्जिला, लाखे आजु, कर्साङ, मुख्या र केही छोटा चलचित्र प्रदर्शन गरिने भएको छ । उक्त दिन आदिवासी जनजाति खाना, पहिरन, प्रदर्शन, अन्तक्र्रिया कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गरिने जानकारी फेस्टिभल निर्देशक अरुण कुमार प्रधानले बताए ।

त्यसैगरी स्कटल्यान्डको सबै तयारी पूरा भइसकेको र कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्ने नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले जानकारी दिए ।

पहिलो पटक बेलायतमा हुन लागेको यस महोत्सवमा मुख्य आयोजक नेपाल स्कटल्यान्ड सोसाइटी र नेपालको तर्फबाट संयोजकका रूपमा नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश रहेको निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप