महोत्तरीमा घट्दै ट्राफिक कारबाही
सारांश
- महोत्तरीमा ट्राफिक प्रहरीको कारबाही घट्दै गएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कारबाहीको सङ्ख्या घटेको पाइएको छ।
- सवारी साधनको सङ्ख्या बढ्दा पनि ट्राफिक सचेतना र नियमित चेकजाँचका कारण कारबाही कम भएको ट्राफिक प्रहरी प्रमुखको भनाइ छ।
- कारबाही घटे पनि राजस्वमा वृद्धि भएको छ, चालु आवमा दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ।
महोत्तरी । जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।
चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९÷८० मा ३७ हजार १५० थियो ।
“सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले भने, “ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।” सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उनको भनाइ छ ।
कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरु बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पारे । चालु आवमा दुई करोड रु ३३ लाख ६१ हजार ५०४ राजस्व सङ्कलन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण