इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि फारम भर्न थालियो
सारांश
- इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धारका लागि अनलाइन फारम भर्न सुरु गरिएको छ। इजरायलस्थित दूतावासले सूचना सङ्कलन सुरु गरेको छ।
- इजरायलमा ५ हजारभन्दा बढी नेपाली रहेको अनुमान छ। दूतावासले नेपालीहरूको सुरक्षालाई ध्यानमा राख्दै सूचना सङ्कलन गरेको हो।
- इरानमा १२ जना नेपाली रहेको र श्रम मन्त्रालयले उद्धारका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ।
काठमाडौँ । इजरायल र इरानमा रहेका नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न थालिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो ।
इजरायलमा विकसित पछिल्लो परिस्थितिकाबिच समस्या तथा त्रासमा रहेका नेपालीलाई आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको हो । अनलाइन रजिस्ट्रेसनमा फारम भर्ने प्रक्रियामा सहभागी हुन इजरायलमा रहेका नेपालीहरूलाई आग्रह गरिएको हो ।
सरकारको तथ्याङ्क अनुसार हाल इजरायलमा साढे ५ हजारको हाराहारीमा नेपालीहरू छन् । इजरायल र इरानबिचको युद्ध चर्किँदै गएपछि दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै सूचना सङ्कलनको काम अघि बढाएको हो ।
इरानमा समेत १२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सुरक्षा तथा उद्धारको लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ । मंगलबार श्रम मन्त्रालयमा बसेको अन्तरमन्त्रालय तथा सरोकारवाला निकायबिचको बैठकमा आवश्यक परेको खण्डमा तत्काल उद्धार गर्न सकिनेगरी तयारी अवस्थामा रहने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण