एआई हिममानवबाट ‘अभिमन्यु : च्याप्टर–१’को प्रचार
सारांश
- नयाँ प्रविधि एआईको प्रयोग नेपालमा फिल्मको प्रचारमा बढ्दै गएको छ।
- फिल्म 'अभिमन्यु : च्याप्टर-१' ले प्रचारका लागि एआईबाट निर्मित हिममानव प्रयोग गरेको छ।
- भदौ २७ बाट प्रदर्शन हुने फिल्ममा सरिता गिरी, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौं । पछिल्लो समय भित्रिएको एआई प्रविधि नेपालमा फिल्मको प्रचारमा समेत प्रयोग गर्न थालिएको छ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले प्रचारमा एआईबाट निर्मित हिममानव (यति) प्रयोग गरेको हो ।
निर्माण युनिटले फिल्मको प्रचारमा एआई निर्मित हिममानव प्रयोग गरिएको पोष्टर सार्वजनिक गरेको छ । एआई निर्मित हिममानव हलको बक्सअफिसमा पुगेर फिल्म बारे सोधेको आसयका पोष्टर सार्वजनिक गरिएको हो ।
भदौ २७ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतको अभिनय छ ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा बनेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको हो । फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो डेब्यु निर्देशन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण