बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
विधेयक

शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित

बुधबार, ०४ असार २०८२, १६ : ०३
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • सरकार र राजनीतिक दलहरूले शिक्षक महासंघसँग विद्यालय शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्ने प्रतिबद्धता जनाएका थिए।
  • कांग्रेस, एमाले र समितिका सभापतिले प्रतिबद्धता जनाए पनि त्यो पूरा हुन सकेन, विधेयक पेस भएन।
  • संघीय संसद सचिवालयको कार्यतालिकामा असार १४ गतेसम्म शिक्षा विधेयक सदनमा पेस गर्ने विषय उल्लेख छैन।

काठमाडौँ । सरकार र प्रमुख राजनीतिक दलहरूले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग प्रतिनिधिसभाको चालु अधिवेशनबाट असार १५ गतेसम्म ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ पारित गर्ने प्रतिबद्धता जनाएका थिए । 

गत वैशाख १७ गते नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विधेयक चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ–आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । 

तर, त्यो प्रतिबद्धता पूरा गर्न उनीहरू चुकेका छन् । किनकि असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभा बैठकमा पेस नै नहुने भएको छ ।  सङ्घीय संसद् सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको कार्यतालिकामा शिक्षा विधेयक सदनमा पेस गर्ने विषय उल्लेख छैन ।

495271677_933432882199986_8855267729367330581_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप