बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने

बुधबार, ०४ असार २०८२, १८ : १०
बुधबार, ०४ असार २०८२

काठमाडौँ । जलनमा परेका विपन्न नागरिकका लागि सरकारले दुई वटा अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।काठमाडौँ उपत्यकाका वीर अस्पताल र कीर्तिपुर अस्पतालमा जलनमा परेका विपन्न नागरिकहरूको निःशुल्क उपचार गरिने व्यवस्था मिलाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जलनबाट घाइते भएका व्यक्तिलाई तत्काल र जीवन रक्षाका लागि गरिने सम्पूर्ण उपचार सेवा निःशुल्क गरिनेछ । 

जलन उपचारका लागि सम्बन्धित स्थानीय तह वा अस्पतालको सामाजिक सेवा ईकाइले आर्थिक रूपमा विपन्न भनी खुलाएको सिफारिस पत्र अनिवार्य हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप