नेपालको लगातार दोश्रो जित
बुधबार, ०४ असार २०८२, १८ : ५४
काठमाडौँ । नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।
श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् ।
डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासंग खेल्ने टिम अफिसियल समेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण