बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

नेपालको लगातार दोश्रो जित

बुधबार, ०४ असार २०८२, १८ : ५४
बुधबार, ०४ असार २०८२

काठमाडौँ । नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।

श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् । 

डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए । 

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासंग खेल्ने टिम अफिसियल समेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप