अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?
सारांश
- लियोनल मेस्सी र पेले फुटबल इतिहासका उत्कृष्ट खेलाडी हुन्, जसले क्लब र देशका लागि धेरै उपाधि जितेका छन्।
- मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन्, जहाँ उनले ६० खेलमा ४९ गोल र २३ असिस्ट गरेका छन्।
- पेलेले पनि आफ्नो करियरको अन्तिम समयमा अमेरिकी फुटबल खेलेका थिए, जहाँ उनले न्यूयोर्क कोसमसका लागि ३५ गोल गरेका थिए।
एजेन्सी । विश्व विजेता खेलाडी लियोनल मेस्सी र पेले आफ्नो फुटबल जीवनको पिक समयमा सर्वोत्कृष्ट खेलाडी हुन् । दुवै खेलाडीले क्लब र देशका लागि दिलाउन बाँकी कुनै उपाधि छैन ।
मेस्सी अहिले अमेरिकी क्लब इन्टर मायामीबाट फुटबल खेलिरहेका छन् । युरोपमा आफ्नो लामो समय फुटबल खेलेका मेस्सी सन् २०२३ मा अमेरिकी क्लबमा गएका थिए ।
अमेरिकामा ६० खेल खेलेका मेस्सीले मियामीका लागि ४९ गोल र २३ असिस्ट गरेका छन् । ३७ वर्षीय मेस्सीले विश्व फुटबलका शीर्ष पाँच फुटबल लिगमा नखेल्दा पनि उनको खेल कौसलमा झनै नयाँपन देखिन्छ ।
मेस्सीले मियामीका लागि हरेक ६६ दशमलव ७ मिनेटमा गोल स्कोर गरेका छन् । मेस्सी जस्तै पलेले पनि फुटबल जीवनको अन्तिम तिरको यात्रा अमेरिकी फुटबलमा गरेका थिए । ब्राजिलको सान्तोषमा लामो समय फुटबल जीवन बिताएका पेले सन् १९७५ मा अमेरिकाको न्यूओर्क कोसमोसमा गएका थिए ।
३४ वर्षको उमेरमा अमेरिका गएका पेलेले आफ्नो पहिलो ६० खेलमा कोसमोसका लागि ३५ गोल गरेका थिए । पेलेले १८ असिस्त गर्दा उनको गोल स्कोरको एभरेज समय १०१ दशमलव ६ मिनेट रहेको थियो ।
दुवै खेलाडीले आफ्नो फुटबल करियरमा उत्कृष्ट खेलाडीको उपमा दिन कुनै कसर बाँकी राखेका थिएनन् । पेलेले सन् २०१८ मा स्पोर टिभीमा भएको एक अन्तरवार्तामा मेस्सीलाई उत्कृष्ट खेलाडीको रूपमा लिएका बताएका थिए ।
‘विश्व फुटबलकै उत्कृष्ट खेलाडीको नाम आउँदा म मेस्सीको पक्षमा जान चाहन्छु । फुटबलमा गोल स्कोर गर्नु महत्त्वपूर्ण कुरा हो साथै आफ्नो टिमका लागि चान्सहरू बनाइदिने पनि एक उत्कृष्ट खेलाडीको चिनारी हुन्छ,’ पेलेले उक्त समयमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण